राष्ट्र बैङ्कको निर्देशन; अन्तरबैङ्क एटीएम सेवा निःशुल्क गर्नु

  • प्रकाशित : 5 महिना अगाडि
  • ajakonews

५ साउन, काठमाडौं । राष्ट्र बैङ्कले अन्तरबैङ्क एटीएम सेवा नि:शुल्क गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कोरोना भाईरसको सङ्क्रमण जोखिम कायम रहँदासम्म एटिएम प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै अन्तरबैङ्क एटिएम सेवा निशुल्क गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम देखिन थालेपछि गत चैत देखि नै बैंक तथा वित्तीय संस्थाले जुनसुकै एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । लकडाउन खुकुलो भएपछि भने बैंक तथा वित्तीय संस्थाका संघहरूले संयुक्त सूचना जारी गर्दै पुनः शुल्क लाग्ने घोषणा गरेका थिए ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७६ मा भएको उक्त व्यवस्था थप लम्ब्याउन निर्देशन दिइएको हो । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार अब एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कुनै शुल्क काटिने छैन ।

प्रतिक्रिया