त्रि.वि.ले चैतमा स्थगत गरेको स्नातकोत्तर र स्नातकको परीक्षा भदौ र असोजमा गर्ने

  • प्रकाशित : 4 महिना अगाडि
  • ajakonews

१४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) ले लकडाउनका कारण रोकिएका परीक्षा भदौको तेस्रो हप्ताबाट गर्ने तयारी थालेको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर र स्नातक तहका सेमेष्टर प्रणालीको परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक प्रणालीको परीक्षा असोजको पहिलो हप्तादेखि सञ्चालन गर्ने तयारी थालिएको बताए छन् । लकडाउन खुलेपनि विद्यार्थीले काठमाडौँ आउने समय मागे गरेकाले भदौ तेस्रो हप्तादेखि मात्रै परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

कोरोना सङ्क्रमण जोखिमका कारण भदौको पहिलो हप्ता विद्यार्थी आएपछि कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले त्यस अवधिको समय र सेमेस्टर प्रणालीको विद्यार्थी संख्या पनि कम हुने भएकाले सेमेस्टर प्रणालीका विद्यार्थीहरुबाट परीक्षा सञ्चालन पहिले गर्न लागिएको नियन्त्रक जोशीले बताएका छन् । साथै परीक्षा केन्द्र समेत विद्यार्थीहरुलाई पायक पर्ने नजिकका क्याम्पसमा केन्द्र राखिने जनाएको छ।

विश्व विद्यालयले कोरोना सङ्क्रमण जोखिमका कारण गत चैत ७ देखि सञ्चालन हुने सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर प्रथम, दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन बाँकी रहेको छ ।

Avatar

Ratna Sunuwar

प्रतिक्रिया