कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरी बढदो क्रममा

  • प्रकाशित : 4 महिना अगाडि
  • ajakonews

सुर्खेत, २१ साउन ।
कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले बन्दाबन्दीका कारण गत आर्थिक वर्ष सख््यात्मक रूपले घटेको देखिए पनि उजुरी आउने दर भने उच्च रहेको जनाएको छ । कार्यालयका अनुसार आव २०७५÷७६ मा ७ सय ८३ उजुरी परेका थिए । गत आर्थिक वर्ष २०७६÷७७ मा ६ सय ७९ उजुरी परेका हुन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी उजुरी सुर्खेत २ सय ३८ उजुरी परेका छन् । दैलेख १ सय ८६, जाजरकोट १ सय ४४, कालीकोट १ सय २, जुम्ला ८४, सल्यान ८०, रुकुमपश्चिम ७८, हुम्ला ६६, मुगु ५३ र डोल्पाबाट ४९ उजुुरी परेका छन् । अधिकांस उजुरी फच्र्यौट भइसकेको अख्तिया दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सुचना अधिकारी मेघनाथ साप्कोटाले कर्णाली रैबारलाई बताउनुभयो । गत आर्थिक वर्षमा संघिय सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयसँग सम्बन्धित ३ सय १६ उजुरी परेका छन् । त्यस्तै प्रदेश सरकार मातहतका मन्त्रालयसँग सम्बन्धित २ सय १० तथा स्थानीय तहका ५ सय ५४ उजुरी परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतासँगै नागरिकमा सचेतना वृद्धि भएकाले पनि उजुरी आउने क्रम बढेको कार्यालयकोे भनाइ छ । सापकोटाले विकास निर्माणमा नागरिकको चासो र सूचना प्रविधिको पहुँचका कारण पनि उजुरी आउने क्रम बढेको बताउनुयो । कार्यालयबाट खटिएको टोलीले गत वर्षमात्रै सेवाग्राहीसँग घुस लिँदै गर्दा १४ जनालाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ । यो संख्या र बरामद रकम अघिल्लो वर्षको तुलनामा बढी हो । आव २०७५÷७६ मा कर्णालीमा चार जना रङ्गेहात पक्राउ परेका थिए भने चार लाख ४७ हजार घुस रकम बरामद गरिएको थियो ।

प्रतिक्रिया